Click to get cool Animations for your MySpace profile

Sunday, September 12, 2010

धेरैलाई धेरै गर्नुभयो

शेरबहादुर देउवा -


बिपी बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। मैले उहाँलाई पहिलोपटक भेटेको तारिणीबाबुकहाँ हो। त्यतिखेर भर्खरै जेलबाट छुटेर आउनुभएका बिपी हँसिलो-उज्यालो अनुहारमा कार्यकर्तामाझ प्रस्तुत हुनुभएको थियो। म पनि बिपीलाई भेट्न जानेहरूको भीडमा थिएँ।




जेलबाट छुटेपछि उहाँ लामो समय नेपाल बस्नुभएन। निर्वासनमा जानुभयो। हामी बेलाबेला वनारस जान्थ्यौं, बिपीलाई भेट्न। उहाँको भाषण सधैं सुनौं-सुनौं लाग्नेखालको हुन्थ्यो। मौका मिल्यो कि बनारस पुगिहाल्थ्यौं। उहाँ धर्म, दर्शन, राजनीति, साहित्य सबै विधामा उत्तिकै ज्ञाता हुनुहुन्थ्यो।

निर्वासनपछि उहाँ नेपाल आउनुभयो। अमेरिका र रुसको धुव्रीकरणमा विश्व बाँडिएका बेला नेपाललाई खतरा हुनसक्छ भनेर बिपी फर्कनुभएको हो। राष्ट्रिय मेलमिलापको नीति भनेको यही हो। सुरुमा उहाँलाई जेलमा राखियो। २०३६ को जनमतसंग्रहअघि उहाँ चाबहिल बस्न थाल्नुभयो। हाम्रो बसोबास पनि चाबहिलमै थियो। उहाँका भाषण, कथा सबै हाम्रा लागि आकर्षक हुन्थे। जनमत संग्रहमा उहाँ निकै सक्रिय हुनुभयो। प्रतिकूल परिस्थितिमा पनि उहाँ एक्लै हिँडेर त्यति धेरै मत आएको थियो। धाँधली भए पनि बहुदलले ४५ प्रतिशत मत ल्याउनु सामान्य कुरा थिएन।

उहाँ हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो। ममात्र होइन, बिपीको नजिक पुग्ने जोकोही मन्त्रमुग्ध हुन्थे। असीमित व्यक्तित्व थियो उहाँको। राजनीतिमा उहाँ सफल भएको ठान्छु म। बिपी मेलमिलापको नीति लिएर नेपाल फर्केपछि नेपालको बन्द राजनीति खुला हुन थाल्यो। राजनीतिक गतिविधि बढ्न थाले। परिस्थिति बन्दै ग्ाएपछि जनमत संग्रह हुनसक्यो। आखिर राजनीतिमा प्रभाव पार्ने काम त बिपीकै कारण भएको हो। साल सालको क्रान्ति पनि उहाँकै कारण सफल भएको हो। नेपाली जनतालाई प्रजातान्त्रिक अभ्यासमा पुर्‍याउने काम उहाँबाटै भएको हो। उहाँ २०३३ सालमा नेपाल नफर्कनुभएको भए २०३६ सालको जनमत संग्रह हुने थिएन। २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनको पृष्ठभूमिमा पनि बिपी नै हुनुहुन्छ।

हामी त्यतिखेर तरूण पत्रिकामा निस्केका उहाँका विचारहरू पढ्थ्यौं। उहाँ हामी विद्यार्थी युवासँग प्रजातन्त्र, समाजवाद, मानव अधिकारका कुरामा विचारविमर्श गर्नुहुन्थ्यो। राजाहरूलाई बिपीले धेरै विश्वास गर्नुभएको थियो। तर राजाहरूले धोका दिए। मलाई राजनीतिमा लाग्न बिपीले नै प्रोत्साहित गर्नुभएको हो। जनमत संग्रहको राजनीतिक माहोलमा म नेविसंघको अध्यक्ष थिएँ। उहाँले मलाई सँगसँगै लिएर हिँड्नुहुन्थ्यो। मपछि विमलेन्द्र निधि अध्यक्ष भए। बिपी सेती, महाकालीमा जाँदा म सधैं साथमा छु। उहाँले युवाहरूलाई भाषण गर्न मञ्चमा अवसर दिनुहुन्थ्यो। धनगढीदेखि विराटनगरसम्म म सँगै हिँडेको छु। धेरै भाषण गरेको छु, उहाँ प्रमुख अतिथि भएका आमसभाहरूमा।

मेरो राजनीतिमा उहाँको ठूलो लगानी छ। सबैलाई गर्नुभएको छ, मलाई पनि धेरै गर्नुभएको छ। मलाई भूमिका दिनुभएकै हो।

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन