Click to get cool Animations for your MySpace profile

Tuesday, September 14, 2010

बिपीलाई मार्ने असफल प्रयास

प्रबलशमशेर (नेपाल आर्मीका पूर्व कर्णेल)-
'तपाईंको हत्या गर्ने योजना भइरहेको छ,' उहाँले प्वाइन्ट टु पेस्तोल थमाउँदै बिपीलाई भन्नुभयो, 'तपाईंलाई ज्यान जोगाउन काम लाग्छ।'



२००७ सालमा प्रजातन्त्र आएपछि बिपी गृहमन्त्री भए। राणाजीलाई यो कुरा मन परेको थिएन। त्यसैले, उनलाई मार्ने योजना बन्यो। भरतशमशेरको नेतृत्वमा खुकुरी दल गठन भएको त्यतिखेरै हो।
हत्याको योजना बनेकै दिन भरतशमशेरले केही मान्छे जम्मा पारेर भोज खुवाएका थिए। टन्न वासा (रक्सी) खुवाएर एक हुल मानिसलाई त्रिपुरेश्वर गेस्ट हाउस (सरकारी क्वार्टर) पठाए। बिपी सरकारी क्वार्टरमा बस्थे। होहल्ला गर्दै ती मान्छे कोठाभित्र पसे।
तर, भरतशमशेरको योजनामा एउटा चुक भयो। उनले पठाएका मान्छेलाई बिपीको अनुहारै थाहा रहेनछ। खुँडा बाकेर गएका एकजनाले सोधेछन्, 'यहाँ बिपी भनेको को हो?'
बसिरहेका बिपीले भने, 'म हुँ, किन?'
उसले सिधै भन्यो, 'तँलाई मार्न आको।'
रक्सीले मात्तिएको त्यो केटो अगाडि बढ्दै थियो, बिपीले आफूसँग भएको पेस्तोल निकालेर गोली हाने। केटो बङ्लंग भुइँमा लड्यो।
भरत शमशेरसमेत धेरैजना समातिए।
...
बिपीलाई त्यो पेस्तोल दिने मेरो पिताजी मनशमशेर हुनुहुन्थ्यो।
२००७ को क्रान्ति सफल भएपछि हामी पनि कलकत्ताबाट काठमाडौं आयौं। त्यतिबेला आन्दोलनमा लागेकाले राणा भएर हामी देश छाडेर कलकत्ता जानुपरेको थियो। पिताजीले यहाँ कुनै भूमिका पाउनुभएन। कलकत्तामा केही केही व्यवहार मिलाउन पनि बाँकी थियो। त्यही भएर २००८ सालमा कलकत्ता फर्कने विचार गरेर पिताजी बिपीलाई भेट्न जानुभयो। राणाहरूसँगको उठबस र संगतले मेरो पिताजीलाई भरतशमशेरको योजना थाहा भइसकेको रहेछ।
'तपाईंको हत्या गर्ने योजना भइरहेको छ,' उहाँले प्वाइन्ट टु पेस्तोल थमाउँदै बिपीलाई भन्नुभयो, 'तपाईंलाई ज्यान जोगाउन काम लाग्छ।'
पिताजीले त्यो पेस्तोल २००७ सालको क्रान्तिका बेला कलकत्तामा आत्मरक्षाका लागि किन्नुभएको थियो। उहाँलाई त काम लागेन, बिपीलाई लाग्यो।
कांग्रेसले पछि यसको मूल्यांकन गर्‍यो। मातृका बाबुको पालामा पिताजी इन्टेलिजेन्सतिरको एआइजिपी नियुक्त हुनुभयो।
केआई सिंहले सिंहदरबार कब्जा गर्दैछ भन्ने सूचना पनि पिताजीले तीन महिनाअघि नै तत्कालीन सरकारलाई दिनुभएको थियो। त्यो काण्ड भयो पनि। दरबारले सुरक्षा कडा पारेकाले केही भएन।

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन