Click to get cool Animations for your MySpace profile

Tuesday, September 14, 2010

बिपीलाई मार्ने असफल प्रयास

प्रबलशमशेर (नेपाल आर्मीका पूर्व कर्णेल)-
'तपाईंको हत्या गर्ने योजना भइरहेको छ,' उहाँले प्वाइन्ट टु पेस्तोल थमाउँदै बिपीलाई भन्नुभयो, 'तपाईंलाई ज्यान जोगाउन काम लाग्छ।'

भारतको आइडी लिएर युरोप

भीमबहादुर तामाङ-
बिपी निर्वासनमै भएका बेला राजा महेन्द्रको निधन भयो।
उहाँले महेन्द्रको निधनपछि मुलुकलाई नयाँ दिशातर्फ 'एक्सप्लोर' गर्न सकिने अवधारणा राख्नुभयो। भारतीय पत्रपत्रिकामा त्यो अवधारणा छापिएका छन्। बिपीको प्रतिक्रियाले आफैंमा ठूलो अर्थ राख्थ्यो, त्यो बेला।

बिपी संग्रहालयको कथा

परशुराम पोखरेल-
सुन्दरीजलस्थित बिपी चोकबाट २०४७ जेठ २२ गते मैले बिपी संग्रहालयबारे सार्वजनिक घोषणा गरेँ। यसवापत सेनाले मेरो रामधुलाइ गर्‍यो, राति १२ बजेसम्म नियन्त्रणमा राखेर।

जाँच्ने डाक्टर भेटिएन

खड्गजित बराल- बिपीलाई एक्कासि झनन्न टाउको दुख्न थाल्यो। पुलिसकै डाक्टर बोलाएर जचायौं। रुघाको औषधि दियो। त्यसले झन् बढी च्याप्यो। दरबारले 'विशेषज्ञ सर्जन बोलाएर चेक गर्नू' भन्ने आदेश दियो। हामी सर्जन डाक्न घरघर पुग्यौं। तर, कोही आउन मानेनन्।

राजनीतिक ज्योतिष

कुमुद लोहनी-
'सरकारले हामीलाई चुनाव चिह्न दिनुपर्‍यो। वर्गीय संगठनको सदस्यताको पुरानो प्रावधान हटाउनुपर्‍यो। यी दुई कुरा दिए हामीलाई पञ्चायत भन्ने नामसँग कुनै आपत्ति छैन'

मलाई बिपीसँग भेटाएको शैलजा दिदी (आचार्य) ले हो।

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन